मिक्वाखोला । सिदिङवा गाउँपालिका, साब्लाखु ताप्लेजुङमा जारी प्रथम शहिद कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा सिदिङवाले आठराई त्रिवेणी गाउँपालिका, हाङपाङलाई ५–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सिदिङवाको जितमा तिलकुमार लिम्बु र सामुएल राईले समान दूई–दुई गोल गरे भने थप एक गोल बिबेक सुनामले गरे । उता पराजित आठराई त्रिवेणीका लागि भने समिर लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा सिदिङवाका बिबेक सुनाम म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ १९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल मैवाखोला गाउँपालिका, साधु र सिरिजंघा गाउँपालिका, तेल्लोकबीच हुने आयोजकले जानकारी दियो ।
योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल), मिक्वाखोला गाउँपालिका कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ । फाइनल खेल भने यही माघ २१ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई