News उर्लाबारी नगरपालिका सेमीफाइनलमा प्रवेश
गोलनेपाल

मिक्लाजुङ । प्रथम मिक्लाजुङ अध्यक्ष अन्तरपालिका फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो चरणको तेस्रो दिन सम्पन्न खेलमा उर्लाबारी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेको छ।

मिक्लाजुङ गाउँपालिका–४ स्थित सफेवा खेलमैदानमा सम्पन्न खेलमा उर्लाबारी नगरपालिकाले लेटाङ नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।

खेलको पहिलो हाफमै उर्लाबारीले आक्रामक प्रदर्शन गर्यो। खेलको ९औँ मिनेटमा कृषल थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए भने २२औँ मिनेटमा राम थापाले दोस्रो गोल गर्दै पहिलो हाफ २–० को अवस्थामा समाप्त भयो।

दोस्रो हाफमा लेटाङ नगरपालिकाले खेलमा फर्कने प्रयास गर्यो। ५४औँ मिनेटमा सब्टिच्युट खेलाडी सजिन मास्केले एक गोल फर्काए पनि खेलको ७२औँ मिनेटमा सागर लिम्बूले अतिरिक्त समयमा शानदार फ्रिकिकमार्फत गोल गर्दै उर्लाबारीको जित सुनिश्चित गरे।

खेलको उत्कृष्ट प्रदर्शनका कारण उर्लाबारी नगरपालिकाका सागर लिम्बू ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको आयोजना मिक्लाजुङ यूथ क्लब, मिक्लाजुङ गाउँपालिका–४, मोरङले गरेको हो। प्रतियोगिताअन्तर्गत भोलि केराबारी गाउँपालिका, मोरङ र पथरी शनिश्चरे नगरपालिका, मोरङबीच प्रतिस्पर्धा हुनेछ।

माघ १८ गते उद्घाटन भएको प्रतियोगिताको फाइनल खेल माघ २५ गते हुने तालिका रहेको छ। प्रतियोगितामा विजेता टोलीले उपाधिसहित १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

Post Comments