मिक्वाखोला । सिरिजंघा गाउँपालिका र सिदिङवा गाउँपालिका यहाँ जारी प्रथम शहिद कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न भएका दुई सेमिफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै सिरिजंघा र सिदिङवाले फाइनल भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलतर्फ सिरिजंघाले मिक्वाखोला गाउँपालिकालाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै फाइनल स्थान पक्का गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सिरिजंघाका गोलरक्षक बिमल लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा सिदिङवाले फक्ताङलुङ गाउँपालिकालाई पेनाल्टी शुटआउट मै ६–५ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सिदिङवाका विपिन फोम्बो म्यान अफ दि म्याच चुनिए ।
अब यही माघ २१ गते हुने फाइनलमा सिरिजंघा गाउँपालिका र सिदिङवा गाउँपालिका उपाधिका लागि भिड्ने छन् ।
योङ कम्युनिस्ट लिग, नेपाल ९वाइसिएल०, मिक्वाखोला गाउँपालिका कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई