News ताप्लेजुङको नाल्बुमा स्व.सुक बहादुर र मनमायॅा नाल्बो स्मृती फुटबल प्रतियोगिता सुरू
गोलनेपाल

मेरिङदेन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा स्वर्गीय सुक बहादुर र मनमायॉ नाल्बो स्मृती पुरूष तथा महिला फुटबल प्रतियोगिता सुरू भएको छ ।

नाल्बु लिम्बू समाजको आयोजनामा आइतबार देखि स्व. सुक बहादुर नाल्बो स्मृती खेल मैदानको उदघाटन संगै सुरू प्रतियोगितामा खुल्ला वडा स्तरीय पुरूष फुटबल तर्फ मेरिङदेन २ सान्थाक्राले विजयी सुरूवात गरेको छ ।

सान्थाक्राले आयोजक रातोलाई २-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

१६ टिम सहभागी रहेको प्रतियोगिताको दोस्रो दिन माघ २६ गते प्रि-कावाटर फाइनलका तीन खेल हुने खेल तालिका रहेको छ । सोमबार हुने पहिलो खेलमा फक्ताङलुङ ४ इखाबु र मेरिङदेन ४ लिङतेप प्रतिस्पर्धा हुनेछ ।

फागुन १ गते सम्म सन्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।

दुवै विधामा प्रथम पुरस्कार सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारद्वारा प्रायोजन गरिएको हो भने द्वितीय पुरस्कार लालबहादुर नाल्वो, उनकी श्रीमती तुलामाया नाल्वो तथा छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारले प्रायोजन गरेको समाजका सचिव योगेन नाल्वोले जानकारी दिनुभयो।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई दश हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ। साथै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ दिइनेछ। विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

Post Comments