News १५औँ लोसार कपः खुम्बु याम्बु शेर्पा सोसाइटीको जित, आयोजक महेन्द्र ज्योतिको बराबरी
गोलनेपाल

काठमाडाै। महेन्द्र ज्योति एक्स स्टुडेन्ट फोरमद्वारा आयोजित १५औँ लोसार कप फुटबल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा खुम्बु याम्बु शेर्पा सोसाइटीले खुन्डे कम्युनिटी क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

खुम्बु याम्बु शेर्पा सोसाइटीको जितमा प्रणिल मगरले उत्कृष्ट प्रदर्शन गर्दै खेलको ६औँ र ३२औँ मिनेटमा दुई गोल गरे। त्यसैगरी ४७औँ मिनेटमा कर्मा शेर्पाले तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। खुन्डे कम्युनिटी क्लबका लागि पेम्बा वाङ्डीले ६४औँ मिनेटमा एक मात्र गोल फर्काए।

उत्कृष्ट खेल प्रदर्शन गरेबापत खुम्बु याम्बु शेर्पा सोसाइटीका प्रणिल मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए।

त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा आयोजक टोली महेन्द्र ज्योति एक्स स्टुडेन्ट फोरम र खुम्जुङ युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ। उक्त खेलमा आयोजक टोलीका आशिष मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए।

‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीहरूले प्रमाणपत्र, मेडलसहित नगद ३,००० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

Post Comments