News फालेलुङ,लिङखिम,सॅाघु र फुङलिङ ताप्लेजुङको नाल्बुमा जारी प्रतियोगिताको क्वाटरफाइनल प्रवेश
गोलनेपाल

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा स्वर्गीय सुक बहादुर र मनमायॉ नाल्बो स्मृती वडा स्तरीय पुरूष फुटबलको तेस्रो दिन फालेलुङ ३ पॅाचथर,फक्ताङलुङ ३ लिङखिम,मैवाखोला ३ सॅाघु र फुङलिङ १ क्वाटर फाइनलमा प्रवेश गरेका छन ।

फालेलुङलुङले आयोजक सेतोलाई ४-० ले पराजित गर्यो भने लिङखिमले मेरिङदेन ३ खाम्लुङलाई ६-० ले पराजित गर्दै क्वाटर फाईनल प्रवेश गरेका हुन ।

त्यस्तै अर्को खेलमा सॅाघुले मेरिङदेन १ थिङलाबुलाई ६-१ गोलले पराजित गर्यो भने,फुङलिङले मिक्वाखोला ४ सॅावालाई १-० ले पराजित गर्दै क्वाटर फाइनल स्थान पक्का गरेका हुन ।

प्रतियोगिताको चौथो दिन माघ २७ गते क्वाटरका ४ खेल हुने खेल तालिका रहेको छ ।

बुधबार हुने पहिलो क्वाटर फाइनलमा मेरिङदेन २ सान्थाक्रा र आठराई त्रिवेणी ३ हाङपाङ भिडने खेल तालिका रहेको छ ।

फागुन १ गते सम्म सन्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।

दुवै विधामा प्रथम पुरस्कार सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारद्वारा प्रायोजन गरिएको हो भने द्वितीय पुरस्कार लालबहादुर नाल्वो, उनकी श्रीमती तुलामाया नाल्वो तथा छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारले प्रायोजन गरेको समाजका सचिव योगेन नाल्वोले जानकारी दिनुभयो।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई दश हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ। साथै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ दिइनेछ। विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

समाजका अध्यक्ष देउ प्रसाद लिम्बूका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै खेलकुदको विकास र क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्नु हो।

Post Comments