News
सुदूरपश्चिम प्रदेश(कैलाली-कञ्चनपुर) सुदूरपश्चिम लिग सुरु
सुदूरपश्चिम प्रदेश(कैलाली-कञ्चनपुरमा) प्रथम सुदूरपश्चिम लिग प्रतियोगिता महेन्द्रनगरमा सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम फुटबल लिग प्रतियोगिता संचालन भएको हो।
माघ २९ गते बिहिवार महेन्द्रनगरको खुलामञ्चमा उद्धघाटन खेल निर्सग स्टार सिटि क्लब धनगढी र दिपज्योती युवा क्लब हल्दुखाल कञ्चनपुर बिच भएको प्रतिस्पर्धात्मक खेलमा निर्सग स्टार सिटिले ३-२ गोलको अन्तरमा दिपज्योती कञ्चनपुर लाई हराउदै आफ्नो पहिलो जित हात पारेको छ।
अबको प्रदेश लिगको दोस्रो खेल धनगढीको जुगेडा स्थित मनकामना युवा क्लबको खेलमैदानमा फाइनल खेल संगै प्रदेश लिगको समापन हुने सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव अमृत शाहले बताउनु भएको छ।
उनका अनुसार अखिल नेपाल फुटबल संघ(एन्फा) को कार्यतालिका अनुरुप-२०७६ सालमा जिल्ला लिग च्याम्पियन दुवै जिल्लाका उत्कृष्ठ टिमविच प्रतिस्पर्धा गर्दै छन् । समापन खेल धनगढी स्थित मनकामना युवा क्लबको खेलमैदानमा एक कार्यक्रमका साथ समापन हुने जनाएको छ ।
राष्ट्रिय लिगको तयारीका लागि टिम छनौट खेल हुन लागेको बताउदै महासचिव शाहले जिल्लाबाट विजेता टिमले ‘एन्फा प्रिन्सिडेन्ट कप’मा सहभागि जनाउने छन् । कञ्चनपुरबाट दिपज्योती युवा क्लब र कैलालीबाट निसर्ग स्टारसिटी युवा क्लबविच ‘होम एण्ड अवेय’ प्रतियोगिता भएको हो।
राष्ट्रिय लिगको तयारीका लागि टिम छनौट खेल हुन लागेको बताउदै महासचिव शाहले जिल्लाबाट विजेता टिमले ‘एन्फा प्रिन्सिडेन्ट कप’मा सहभागि जनाउने छन् । कञ्चनपुरबाट दिपज्योती युवा क्लब र कैलालीबाट निसर्ग स्टारसिटी युवा क्लबविच ‘होम एण्ड अवेय’ प्रतियोगिता भएको हो।
सुदूरपश्चिम प्रदेश फुटबल लिग-२०७७ को उद्धघाटन समारोहका सभापति सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ ,प्रमुख अतिथि कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्ल रहनु भएको थियो । कार्यक्रम संचालन सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव अमृत शाहले गर्नु भएको थियो।
Post Comments
Related News
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा