News ताप्लेजुङको नाल्बुमा जारी वडा स्तरीय पुरूष फुटबलतर्फ सॅाघु र महिलातर्फ सॅावा फाइनलमा प्रवेश
गोलनेपाल

मेरिङदेन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा स्वर्गीय सुक बहादुर र मनमायॉ नाल्बो स्मृती वडा स्तरीय पुरूष फुटबल प्रतियोगितामा मैवाखोला ३ सॅाघु फाइनलमा प्रवेश गरेको छ भने वडा स्तरीय महिला तर्फ मिक्वाखोला ४ सॅावाले फाइनल यात्रा तय गरेको छ ।

बिहीबार सम्पन्न पुरूष तर्फको पहिलो सेमिफाइनलमा आठराई त्रिवेणी ३ हाङपाङलाई ३-२ गोलले पराजित गर्दै सॅाघु उपाधि नजिक पुगेको हो ।

त्यस्तै महिला तर्फको पहिलो सेमिफाइनलमा मेरिङदेन ५ थुकिमालाई पेनाल्टि सुट आउटमा ५-४ गोलले पराजित गर्दै सॉावाले फाईनल यात्रा तय गरेको हो ।

पुरूष तर्फको दोस्रो सेमिफाइनलमा आयोजक निलो र फक्ताङलुङ ३ लिङखिम बिच शुक्रबार प्रतिस्पर्धा हुनेछ भने महिला तर्फको सेमिफाइनलमा आयोजक र लिङतेप भिडने पक्का भएको छ ।

फागुन १ गते सम्म सन्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।

दुवै विधामा प्रथम पुरस्कार सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारद्वारा प्रायोजन गरिएको हो भने द्वितीय पुरस्कार लालबहादुर नाल्वो, उनकी श्रीमती तुलामाया नाल्वो तथा छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारले प्रायोजन गरेको समाजका सचिव योगेन नाल्वोले जानकारी दिनुभयो।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई दश हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ। साथै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ दिइनेछ। विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

Post Comments