News
एन्फा महिला च्याम्पियनसिप शुरु, एनआरटीको विजयी शुरुवात
त्रियुगा । शुक्रबारदेखि उदयपुरमा शुरु भएको एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगितामा एनआरटीले विजयी शुरुवात गरेको छ ।
थरुहट रंगशालामा भएको उद्घाटन खेलमा एनआरटीले घरेलु टोली गाइघाट फुटबल क्लबलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । एनआरटीको जितमा प्रतिक्षा केसी र सुशिला ठकुरीले गोल गरिन् ।
यो जितसँगै एनआरटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन २ गते शनिबारको खेल चर्च ब्वाईज युनाइटेड क्लब र छहारी युथ क्लबबीच हुनेछ । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।
Post Comments