News
शहिद स्मारक एन्फा महिला लिग चैत्र पहिलो सातादेखि
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगिता आउँदो चैत ४ गतेदेखि शुरु हुने भएको छ ।
मंगलबार एन्फाका पदाधिकारी र सहभागि हुने क्लबका प्रतिनिधीहरुबीच भएको बैठक र छलफलपछि महिला लिग चैत ४ गतेबाट गर्ने निर्णय भएको हो । त्यस्तै सम्बन्धित क्लबहरुले खेलाडी दर्ता यही फागुन २९ गतेसम्म गर्नुपर्ने समेत एन्फाले जनाएको छ ।
एन्फाका अनुसार लिगका सबै खेलहरु काठमाडौं मै हुनेछन् । यद्यपि एन्फा कम्प्लेक्समा हुने वा वा दशरथ रंगशालामा हुने त्यसबारे भने विस्तृत खुलाइएको छैन ।
स्मरण रहोस, केही दिन अघि मात्रै उदयपुरमा एन्फा महिला च्याम्पियनसिप सम्पन्न भईसकेको छ । जहाँ एपिएफले उपाधि जितेको थियो ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा