News रुपन्देहीको बुटवलमा दोस्रो लखन कप हुने
सुरज राना मगर

बुटवल । सामाजिक उत्तरदायित्व वहन गर्दै खेलकुदमा समेत निरन्तर लागिपरेको लखन ब्रदर्श युवा क्लब, बुटवल–८, रुपन्देहीको आयोजनामा आउँदो २०८३ साल बैशाख ११ गतेदेखि दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बुटवल–१० स्थित रामनगर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै टिमदर्ता पनि खुला गरिएको खेल संयोजक राम थापाले जानकारी दिए । टिमदर्ता २०८३ बैशाख ४ गते शुक्रबार साँझ ५ बजेसम्म खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको पनि खेल संयोजकले थापाले बताए ।

मोफसलमा फुटबललाई चलायमान बनाउन र युवा खेलाडीहरुलाई बढी भन्दा बढी अवसर प्रदान गर्न प्रतियोगितालाई निरन्तरता दिइएको आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । अध्यक्ष खत्रीले प्रतियोगितालाई निकट भविष्य मै राष्ट्रियस्तर मै आयोजना गर्ने योजना रहेको पनि सुनाए ।

प्रतियोगिताबारे विस्तृत जानकारी आधिकारिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी गराईने पनि खेल संयोजक राम थापाले बताए ।

 

Post Comments