तानसेन । पाल्पाली फुटबलमा आफ्नो विशेष पहिचान बनाएको र फुटबल मै निरन्तर होमिएको न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा आउँदो बैशाख १५ गतेदेखि चौथो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
तानसेन स्थित टुंडिखेल मैदानमा हुने प्रतियोगिताको बैशाख १२ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८००० तोकिएको पनि प्रचार प्रसार संयोजक अमृत केसीले बताए ।
तानसेन नगरपालिका वार्ड नम्बर ६ को कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुबित केसीले बताए ।
त्यस्तै तानसेन नगरपालिका संरक्षक रहेको प्रतियोगिताको विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक सुबित केसीले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
