शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा शुरु मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको उद्घाटन खेलमा वार्ड नम्बर ८ ले उत्कृष्ट शुरुवात गरेको छ ।
उद्घाटन खेलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ५ माथि ८–० को फराकिलो जित दर्ता गरेको हो । खेलमा वार्ड नम्बर ८ का सोहन थापा प्लेयर अफ दि म्याच घोषित भए ।
यो जितसँगै वार्ड नम्बर ८ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १७ गते मंगलबारको पहिलो खेल १ बजे वार्ड नम्बर ७ र वार्ड नम्बर ९ बीच हुनेछ भने दोस्रो खेल ३ बजे वार्ड नम्बर २ र वार्ड नम्बर १० बीच हुनेछ ।
शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजना तथा शिवसताक्षी नगरपालिका, झापाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २२ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा