News आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
गोलनेपाल

साँघु । मैवाखोला गाउँपालिका साँघु ताप्लेजुङमा जलजले क्लबको आयोजनामा जारी विशेष महाशिवरात्री मेला खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ। आयोजक जलजले क्लब (सेतो) ताप्लेजुङ र म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम बीच भएको उक्त खेलमा आयोजक टोलीलाई घरेलु मैदानमा पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै तेह्रथुम सेमिफाइनल प्रवेश गरेको हो।

निर्धारित समय गोल रहित बराबरी अवस्थामा टुङ्गिएको उक्त खेल पेनाल्टी सुटआउटबाट निर्णय निकालिएको छ। पेनाल्टी सुटआउटमा म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमका गोलकिपर प्रेम लिम्बु नायक बन्दा आयोजकको उपाधी यात्रामा पूर्णविराम लागेको हो। प्रेमले आयोजकको तेस्रो प्रहारलाई रोक्न सफल भएका थिए भने चौथो प्रहार पोस्टमा ठोकिएर बाहिरिएको थियो। समग्रमा म्याग्लुङ स्पोर्टिङ तेह्रथुमले ४-२ गोलकोस्पष्ट जित निकालेको हो। साथै उक्त खेलको म्यान अफ द म्याच भने म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमका समिर राई बन्दै नगद रु. २००० सहित ट्रफी प्राप्त गरेका छन्।

बिहिबार प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेल साँगुरीगढी एफसी धनकुटा र सिर्जनशील सामाजिक समाज ताप्लेजुङ दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन् भने सयपत्री सांस्कृतिक युवा समाज संखुवासभा र लालीमा क्लब ताप्लेजुङ दिनको ठीक २ बजे प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

Post Comments