शिवसताक्षी । आ–आफ्नो खेलमा जित हात पार्दै वार्ड नम्बर ८ र वार्ड नम्बर १ झापामा जारी शिवसताक्षी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दुधे रंगशालामा भएको दिनको पहिलो खेलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ६ लाई २–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । खेलमा वार्ड नम्बर ८ का कृष्ण सुबेदी प्लेयर अफ दि म्याच चुनिए ।
त्यस्तै बुधबार नै भएको दिनको दोस्रो खेलमा वार्ड नम्बर १ ले वार्ड नम्बर ४ लाई पेनाल्टी शुटआउटमा ६–५ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा वार्ड नम्बर १ का संगम लावती प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत चैत्र १९ गते बिहीबार पनि दुई खेलहरु हुनेछन् । जसमा वार्ड नम्बर ९ ले वार्ड नम्बर ३ को सामना गर्नेछ भने अर्को खेलमा वार्ड नम्बर १० र वार्ड नम्बर ११ भिड्ने छन् ।
शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजना तथा शिवसताक्षी नगरपालिका, झापाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २२ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा