News धरान प्रथम बुढीगंगा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

हात्तीमुडा । धरान फुटबल क्लब, सुनसरी जारी प्रथम बुढीगंगा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा धरानले बुढीगंगा गाउँपालिका टिम, मोरङलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । धरानको जितमा सबिन राई र तपन कार्कीले गोल गरे । खेलको प्लेयर अफ दि म्याच धरान कै सबिन राई चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत्र २४ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल कञ्चनजंघा फुटबल क्लब, भारत र जस्ट जोन फुटबल क्लब, नाइजेरियाबीच हुने आयोजकले जानकारी दियो ।

बुढीगंगा गाउँपालिका, हात्तीमुढा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २७ गतेका दिन हुनेछ ।

Post Comments