News फराकिलो जितका साथ देवदह ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

बुटवल । एकतर्फी जितका साथ देवदह ब्वाईज, रुपन्देही जारी स्व. प्रचण्ड थैव स्मृति सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो क्वाटरफाइनलमा देवदहले हनामी बिएफसी, चितवनलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । देवदह ब्वाईजका लागि एलेक्सले ह्याट्रिक गर्दा सुरज चौधरीले दुई गोल गरे । त्यस्तै थप एक गोल फोडे फोफनाले गरे । खेलमा ह्याट्रिक गरेका देवदहका एलेक्स प्लेयर अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र २४ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र कपिलवस्तु–११, कपिलवस्तू बीच हुने खेल संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३० गतेका दिन हुनेछ ।

 

Post Comments