News पोखरा महिला गोल्डकप वैशाख १४ देखि २१ गतेसम्म
उमेश पुन

पोखरा । आर.एस. बिच पोखरा फुटबल क्लबको आयोजनामा हुन लागेको ‘पहिलो पोखरा महिला गोल्डकप’ को तयारी तीव्र गतिमा अघि बढिरहेको क्लबका अध्यक्ष रमेश कार्कीले बताए । प्रतियोगिता २०८३ साल वैशाख १४ देखि २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने तय गरिएको हो ।

क्लबका अनुसार प्रतियोगितामा महिला ए डिभिजनका ८ क्लबहरूको सहभागिता रहने क्लबका अध्यक्ष कार्कीले जनाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक तथा आकर्षक बनाउने विश्वास गरिएको छ ।

प्रतियोगितालाई सफल बनाउन क्लबले करिब ४५ लाख रुपैयाँको अनुमानित बजेट निर्धारण गरेको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५ लाख र उपविजेताले ३ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments