फिदिम । नयाँ वर्ष २०८३ को अवसर पारेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आयोजक तिजोक युवा क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रमबारे जानकारी गराएको हो।
क्लबका अध्यक्ष हेमराज आङ्देम्बेका अनुसार प्रतियोगिता वैशाख १ गतेदेखि सुरु भई पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहनेछ।
उद्घाटन खेल वैशाख १ गते दिउँसो ३ बजे आयोजक तिजोक युवा क्लब र माङ्सेबुङको आत्मा पवित्र हक्वात यक्चुम फुटबल क्लबबीच हुने तय भएको छ। वैशाख २ गते झापाको नवकिरण स्पोर्टिङ क्लब र फिदिमको पाँचथर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी वैशाख ३ गते पहिलो खेलमा मोरङको पथरी–११ फुटबल क्लब र सिलगुडीको केएफसी आमनेसामने हुनेछन् भने दोस्रो खेलमा धरानको सिटी एफसी र इलामको हेलीबोश एफसी भिड्ने कार्यक्रम रहेको छ।
प्रतियोगिताको सेमिफाइनल वैशाख ४ गते र फाइनल खेल वैशाख ५ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले रु २ लाख २२ हजार २ सय २२ र उपविजेताले रु १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
फाल्गुनन्द गाउँपालिका वडा नं. १ र गाउँपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगितालाई Mustang Beer ले प्रायोजन गरेको छ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश