News आदर्श स्कुलद्वारा खेलाडी र उत्कृष्ट विद्यार्थी सम्मानित
गोलनेपाल

बिर्तामोड । "खेलाडी सम्मानको वास्तविक हकदार बने मात्र स्वस्थ समाजको निर्माण सम्भव छ" भन्ने उद्देश्यका साथ झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्ट ले एक विशेष सम्मान समारोह सम्पन्न गरेको छ। बिर्तामोडस्थित आदर्श बनक्वेटमा आयोजित उक्त समारोहमा विगत दुई वर्षदेखि विद्यालयको प्रतिष्ठा उच्च राख्ने खेलाडीहरू र विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरियो।

प्रमुख अतिथिको सम्बोधन

कार्यक्रमका प्रमुख अतिथि (NIDI) का संस्थापक एवं प्रिन्सिपल रञ्जित शाहले विद्यार्थीहरूको योगदानको प्रशंसा गर्दै भन्नुभयो— "विद्यार्थीहरूले विद्यालयका लागि गरेको अथक योगदानका कारण नै हामीलाई आगामी दिनमा उनीहरूका लागि अझ बढी लगानी गर्ने हौसला मिलेको छ। हामी अभिभावकको सपना र विद्यार्थीको इच्छालाई एकाकार गर्दै शिक्षा र खेलकुद दुवै क्षेत्रमा उत्कृष्ट काम गरिरहेका छौँ।"

सम्मान तथा अवार्ड वितरण कार्यक्रममा खेलकुद र शैक्षिक विधामा योगदान पुर्याउने विद्यार्थीहरूलाई अवार्ड, कदर पत्र र 'आदर्श एम्बेसडर' (Aadarsha Ambassador) टी-सर्ट द्वारा विभूषित गरियो। सम्मानित हुने खेलाडीहरूको विवरण निम्नानुसार छ: आदर्श एथलिट अवार्ड: पुनहाङ लिम्बू टिम आदर्श कन्सिस्टेन्सी अवार्ड: सफल बान्तवा राई र नितेश बस्नेत टिम आदर्श प्रोग्रेसन अवार्ड: कौशल न्यौपाने, नितेश साम्बा लिम्बू र प्रविण तामाङ टिम आदर्श कन्ट्रीब्युसन अवार्ड: सौरभ श्रेष्ठ र रक्षा भट्टराई टिम आदर्श एक्सीलेन्स अवार्ड: निश्चल भण्डारी र सिम्रन श्रेष्ठ यसैगरी, विद्यालयले प्रत्येक वर्ष प्रदान गर्ने १० विधाका 'आदर्श अवार्ड' बाट उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो।

अभिभावक सम्मान र शुभकामना मन्तव्य

विद्यार्थीको सफलतामा आधारस्तम्भ रहेका अभिभावकहरूलाई कदर पत्र प्रदान गर्दै उहाँहरूको योगदानको उच्च सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षिका इन्दिरा खड्का ले शुभकामना मन्तव्य राख्दै सम्मानित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

नेतृत्व र व्यवस्थापन

आदर्शका संस्थापक एवं सीईओ सञ्जोग खरेल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन दीपक दास ले गर्नुभएको थियो। कार्यक्रमलाई भव्य बनाउन फुटबल प्रशिक्षक दिपेश खतिवडा लगायत अन्य सहयोगी टिमको विशेष भूमिका रहेको थियो। संस्थाका सीईओ खरेलले विद्यालयले आफ्ना खेलाडी र विद्यार्थीहरूको साख र साथलाई सधैं उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

Post Comments