News सलहेश बुढीगंगा गोल्डकपको फाइनलमा
गोलनेपाल

बुढीगंगा । सलहेश युवा क्लब, सिरहा मोरङमा जारी प्रथम बुढीगंगा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा सलहेशले धरान फुटबल क्लब, सुनसरीलाई ३–१ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । सलहेशको जितमा अबायोमी फकुन्लेले दुई गोल गर्दा थप एक गोल फोडे फोफनाले गरे । उता पराजित धरानका लागि तपन कार्कीले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका सलहेशका अबायोमी फकुन्ले प्लेयर अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र २६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल चात्या सा फुटबल क्लब, दमक, झापा र जस्ट जोन फुटबल क्लब, नाइजेरिया बीच हुने आयोजकले जानकारी दियो ।

बुढीगंगा गाउँपालिका, हात्तीमुढा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २७ गतेका दिन हुनेछ ।

 

 

Post Comments