News नवौं भरौल गोल्डकपः जर्जियन सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । जर्जियन फुटबल क्लब, कालिम्पोङ, भारत सुनसरीमा जारी नवौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो क्वाटरफाइनलमा जर्जियनले प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंलाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जर्जियनका लागि क्रिस भुजेलले गरेको एक मात्र गोल भारतीय टोलीलाई अन्तिम चारमा पुर्याउन निर्णायक गोल बन्यो । खेलमा प्लेयर अफ दि म्याच भने जर्जियन कै गोलरक्षक सचिन सुब्बा घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत्र २६ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल न्यु स्टार क्लब, भरौल र चित्लाङ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

 

Post Comments