News पाँचौ उदयपुर गोल्डकप बैशाख अन्तिमदेखि, बिजेतालाई पाँच लाख
गोलनेपाल

रमपम पाँचौ उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता उदयपुर गाईघाटस्थित थारुहट स्टेडियममा यहि बैशाख २९ गतेदेखि शुरु हुने भएको छ ।

खासगरी प्रतियोगिता यहि बैशाख २२ गतेबाट शुरु हुने भनिए तापनि प्राविधिक कारण प्रतियोगिताको मिति अन्तिम समयमा आएर सारिएको आयोजकले जनाएको छ ।

रमपम चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments