News स्व. मञ्जिल गुरुङ स्मृति ल्याड बेसक्याम्प फुटसल कपको तयारी पूरा
सुरज राना मगर

बुटवल । ‘युवा शक्ति जगेर्ना, यो हाम्रो वचन, आउनुहोस हामी आफैबाट गरौं नयाँ परिवर्तन’ भन्ने नाराका साथ अधिकांश जेन्जी युवाहरुको समूह ल्याड बेस क्याम्प, बुटवल, रुपन्देहीको आयोजनामा यही बैशाख ४ र ५ गते हुने स्व. मञ्जिल गुरुङ स्मृति खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । बुटवल–८, सुख्खानगर स्थित एडरिक फुटसलमा हुने दुई दिने प्रतियोगितामा कुल २४ टोलीहरु सहभागि रहेको खेल संयोजक रोहन राना मगरले जानकारी दिए । बैशाख ४ गते उद्घाटन र पहिलो चरणका खेलहरु तथा बैशाख ५ गते सेमिफाइनल, फाइनल र समापन कार्यक्रम हुने समेत खेल संयोजक रोहन रानाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 

Post Comments