News प्रथम आमजुङ्गी कप सम्पन्न, लेटाङलाई उपाधी 
गोलनेपाल

केराबारी । आमजुङ्गीमा आयोजित प्रथम आमजुङ्गी कप खुला नकआउट फुटबल प्रतियोगिता २०८३ को फाइनल खेलमा आयोजक आमजुङ्गी युथ क्लबलाई ३–२ गोलले पराजित गर्दै लेटाङ फुटबल क्लबले उपाधि जितेको छ।

रोचक र प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि लेटाङ फुटबल क्लब निर्णायक रूपमा अगाडि रहँदै च्याम्पियन बन्न सफल भयो।

🏆 पुरस्कार विवरण
विजेता (लेटाङ फुटबल क्लब): रु. ५१,०००
उपविजेता (आमजुङ्गी युथ क्लब): रु. ३१,०००

🌟 व्यक्तिगत पुरस्कारहरू
म्यान अफ द म्याच: निशान राई (आमजुङ्गी)
उत्कृष्ट गोलकिपर: अमृत क्षेत्री (लेटाङ)
उत्कृष्ट डिफेन्डर: सुजन बि.के. (लेटाङ)
उत्कृष्ट मिडफिल्डर: रोशन राई (आमजुङ्गी)
उत्कृष्ट फरवार्ड: अनुप मगर (लेटाङ)
एमभीपी (सर्वोत्कृष्ट खेलाडी): सुजन रसाइली (आमजुङ्गी)
उदीयमान खेलाडी: विश्वास खड्का (आमजुङ्गी)

Post Comments