News न्यु हिमाली चौथो न्यु युथ युनियन कपको क्वाटरफाइनलमा
गोलनेपाल

तानसेन । न्यु हिमाली युवा क्लब, चिलाङ्दी, पाल्पामा जारी चौथो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो प्रीक्वाटरफाइनलमा न्यु हिमालीले आयोजक न्यु युथ युनियन क्लब, तानसेनलाई २-० ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

न्यु हिमालीको जितमा बिकल राना र सुनिल रानाले होल गरे । खेलमा न्यु हिमाली कै बिकल राना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख १७ गते बिहीबारको खेल मनोभाव फुटबल क्लब, रुपन्देही र दमकडा ब्रदर्श एफसी, दमकडा बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments