News दोस्रो लखन कपः प्रतिकुल मौसमले रोकियो खेल
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी दोस्रो लखन कपको दोस्रो क्वाटरफाइनल खेलतर्फ फर्साटिकर युवा क्लब, फर्साटिकर र आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवल बीचको खेल प्रतिकुल मौसम र खराब प्रकाशका बीच स्थगित गरिएको छ ।

पहिलो हाफको खेल सम्पन्न भए तापनि दोस्रो हाफको खेल केही मिनट चल्दा चल्दै खराब प्रकाश र प्रतिकुल मौसमका कारण स्थगित गर्नुपरेको आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । खेलमा फर्साटिकरले १–० को अग्रता कायम राखेकाले सोहिी नतिजा र रोकिएको समयदेखि बाँकी खेलहरु बैशाख १७ गते बिहीबार दिनको २ बजेदेखि पूनः सूचारु हुने अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । साथै बिहीबार नै हुने तेस्रो खेल निर्धारित तालिका अनुसार हुने समेत आयोजकले जानकारी गराएको छ ।

स्मरण रहोस, बैशाख १७ गते बिहीबार तेस्रो क्वाटरफाइनलतर्फ समपूर्ण युवा क्लब, सुपौली र चाँदनी युवा क्लब, दानापुर भिड्ने कार्यक्रम रहेको खेल संयोजक राम थापाले जानकारी दिएका छन् ।

लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।

Post Comments