News भगवती चौथो न्यु युथ युनियन कपको क्वाटरफाइनल पुग्ने अन्तिम टोली
गोलनेपाल

तानसेन । भगवती फुटबल क्लब, तानसेन पाल्पामा जारी चौथो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलमा भगवतीले समपुर्ण युवा क्लब, सुपौलीलाई २–० ले हराउँदै अन्तिम आठमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । भगवतीको जितमा जनम लिगल र टिकाराज गुरुङले गोल गरे । खेलमा भगवती कै बसन्त राना म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख १९ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल सुर्यमुखी फुटबल क्लब, रुपन्देही र मोन्स्टर गाईज फुटबल क्लब, सुनवल बीच हुने आयोजकले जानकारी दियो ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २६ गतेका दिन हुनेछ ।

 

Post Comments