News महिला लिगमा वालिङको सुखद समापन
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा वालिङ नगरपालिका, स्याङ्जाले आफ्नो अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद समापन गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङले चन्द्रपुर नगरपालिका, रौतहट माथि ३–० को जित निकाल्यो । वालिङको जितमा खेलको १७औं मिनटमा हिमा रावतले पहिलो गोल गरेकी थिईन् ।

त्यसको दुई मिनट लगतै मेथो इलुडी रुथले वालिङका लागि दोस्रो गोल गरिन् भने तेस्रो गोल खेलको ५४औं मिनटमा अमिषा कार्कीले गरिन् । कार्की प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

यो जितसँगै वालिङ १२ खेलबाट १७ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा छ । तर शुक्रबार हुने लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढीलाई हराउन सके पुलिस तेस्रो स्थानमा उक्लिन सफल हुनेछ । उता पराजित चन्द्रपुर भने ९ अंकका साथ छैटौं स्थानमा रहेर लिगको समापन गरेको छ ।

Post Comments