राजारानी । आ–आफ्नो खेलमा जित हात पार्दै सलहेश युवा क्लब, सिराहा र बिर्तामोड युनाइटेड क्लब, झापा धनकुटामा जारी १३औं रारा रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ सलहेशले केराबारी फुटबल क्लब, मोरङलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो । सलहेशको जितमा आदित्य शाक्यले एक मात्र निर्णायक गोल गरे । खेलको प्लेयर अफ द म्याच भने सलहेश कै अभि लामा बने ।
त्यस्तै शनिबार नै भएको चौथो क्वाटरफाइनलमा बिर्तामोड युनाइटेडले डाँडाबजार फुटबल क्लब, धनकुटालाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बिर्तामोडका लागि राजेश दाहालले गोल गरे भने डाँडाबजारका लागि कञ्चन तामाङले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा बिर्तामोड सफल बन्यो । खेलमा बिर्तामोड कै राजेश दाहाल प्लेयर अफ द म्याच चुनिए ।
खेलकै क्रममा दुवै टोली एक समय दश–दश खेलाडीमा समेत सिमित बने । बिर्तामोडका मौसम लिम्बु र डाँडाबजारका सुभाष तामाङले रातो कार्ड खाँदा दुवै टोली दश खेलाडीमा सिमित बनेका थिए । नतिजा भने पेनाल्टीमा बिर्तामोड कै पक्षमा गर्यो ।
प्रतियोगिता अन्तर्गत बैशाख २० गते आइतबारको पहिलो सेमिफाइनल खेल आयोजक रारा फुटबल क्लब, राजारानी, धनकुटा र आर.आई.एफसी, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा