राजारानी । गोलरक्षक तथा कप्तान किरन चेम्जोङले सनसनीपूर्ण फ्रिकिकमार्फत निर्णायक गोल गर्दा आयोजक रारा फुटबल क्लब, धनकुटा जारी १३औं रारा रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा राराले आर.आई.एफसी, काठमाडौंलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा शुरुवाती अग्रता भने आर.आई.एफसीले नै लिएको थियो । खेलको ४०औं मिनटमा सुजन चौधरीको गोलबाट आर.आई.एफसीले खेलमा अग्रता बनाएको थियो ।
तर ७८औं मिनटमा हेमन लिम्बुले राराका लागि बराबरी गोल फर्काए भने इन्जुरी समयमा करिब मैदानको मध्य भागबाट किरनले गरेको फ्रिकिक प्रहार विपक्षी गोलरक्षकले सही अनुमान लगाउन नसक्दा सुन्दर गोलमा परिणत भएको थियो । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो । खेलमा राराका किरन चेम्जोङ नै प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत बैशाख २१ गते सोमबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिराहा र बिर्तामोड युनाइटेड फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा