News सुन्दर खोर्साने सेमिफाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । सुन्दर खोर्साने युवा क्लब, मोरङ घरेलु मैदानमा जारी प्रथम सुन्दरहरैचा खोर्साने गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न क्वाटरफाइनलमा सुन्दर खोर्सानेले राष्ट्रिय जागृति क्लब, इटहरीलाई २–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । सुन्दर खोर्सानेको जितमा श्याम मुर्मु र फागुराम थारुले गोल गरे । खेलमा सुन्दर खोर्साने कै सुजन चौधरी प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत जेठ ६ गते बुधबारको पहिलो सेमिफाइनल खेल आरटी धरान एफसी, सुनसरी र सतिसाले स्र्पोटिङ क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

 

Post Comments