News बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
गोलनेपाल

सप्तरीः सप्तकोशी नगरपालिका फत्तेपुर-१ अवस्थित सहिद स्मृति रंगसालामा सप्तकोशी नगरपालिकाको मुख्य प्रायोजन तथा नगर खेलकुद विकास समितिको आयोजना र न्यू त्रियुगा स्पोर्टस् कल्बको सह-आयोजनामा सञ्चालन भैइरहेको तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता-२०८३ आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा बसाहा क्लब उदयपुरले आयोजक टोली सप्तरी ११ लाई २-१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा आफ्नो स्थान कब्जा गरेको छ ।

खेलको पहिलो हाफ निकै रोचक बन्दै थियो र निर्धारित समयमा दुबै टोलीको तर्फबाट कुनैपनि गोल हुन नसकेर उक्त पहिलो हाफको खेल गोल रहित (०-०) को बराबरीमा समाप्त भएको थियो। त्यसैगरी दोस्रो हाफको निर्धारित ४५औं मिनेटको समयमा आयोजकको तर्फबाट सिशिर लेखिलको उत्कृष्ट लङ रेन्जर प्रहार मार्फत जाली छुमाउदै टोलीलाई पहिलो अग्रता दिलाएका थिए भने बसाहाको लागि खेलको ४८औं मिनेटमा सुदिप श्रेष्ठको फ्रिकिकमा रवि शंकर चौधरीले उत्कृष्ट हेडर मार्फत गोल गरेर खेलमा फर्किएको थियो। त्यसपछि खेल निकै नै प्रतिस्पर्धातर्फ जाँदै थियो र सोही क्रममा खेलको ५८औं मिनेटमा पुनः बसाहाको लागि एडमुला हेम्जे ले पेनाल्टि मार्फत जाली छुमाउएर टोलीको जित सुनिश्चित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल समेत गरेका बसाहा क्लबका एडमुला हेम्जे 'म्यान अफ दि म्याच'बन्दै नगद रु.२५०० सहित ट्रफि प्राप्त गरे।

प्रतियिगितामा बिजेता बन्ने टिलीले नगद रु. दुई लाख र उपबिजेता टोलीले नगद रु. एक लाख सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट खेलाडिलाइ विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।

Post Comments