धनकुटा । आयोजक शहिद भीमनारायण स्मृती प्रतिष्ठान धनकुटा धनकुटामा जारी १८औँ शहिद भिमनारायण स्मृती गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि नजिक पुगेको छ ।
धनकुटा बजारस्थित तल्लो टुडिखेलमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा सिराहको सलहेस युवा क्लबलाई १-० गोलले पराजित गर्दै आयोजक गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
खेलको निकै रोमाञ्चक मोडमा आयोजकका अमित बेस्रा नायक बने । उनले खेलको १०औँ मिनेटमा गरेको आकर्षक गोल नै निर्णायक सावित भयो ।
खेलको ‘प्लेयर अफ द म्याच’ आयोजक धनकुटाका बिबेक गुरुङ घोषित भए । उनले नगद रु ६ हजार ५ सहित ट्रफी हात पारे ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल जेठ १५ गते झापाको बिर्तामोड युनाइटेड र बेलबारी फुटबल क्लब बिच रोमाञ्चक भिडन्त हुनेछ ।
जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु ६ लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३ लाखसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा
- बिर्तामोड युनाइटेडलाई १३औं रारा रनिङ गोल्डकपको उपाधि