News घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
गोलनेपाल

शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कप अन्तर्गत बिहिबार प्रतियोगिताको दोस्रो सेमीफाइनलमा घरेलु टोली दुधे भेट्रान्सले पाहुना टोली दमक लखनपुरलाई दुई एक नतिजामा पराजित गर्दै उपाधि नजिक पुगेको हो।

घरेलु मैदानमा आयोजकले जित निकाल्ने क्रममा मोहन तामाङ र लोकनाथ राईले समान एक एक गोल गरेका हुन्। प्रभावशाली खेल प्रदर्शन गरेका आयोजकका सन्तोष लिम्बु म्यान अफ द म्याच साबित हुँदै नगद रु.२००० प्राप्त गरे। उता पराजित भएको टोली दमक लखनपुरका लागि विकास राईले दोस्रो हाफमा एक गोल फर्काएका थिए।

शनिबार उपाधिका लागि घरेलु टोली दुधे भेट्रान्स र झिलझिले भेट्रान्स दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

Post Comments