News
कोशी प्रदेश प्रहरी कार्यालय फाइनलमा
रानी । कोशी प्रदेश प्रहरी कार्यालय, रानी मोरङमा जारी छैठौं मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालयले लालीगुराँस स्र्पोटिङ क्लब, बिराटनगरलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा कोशी प्रदेश प्रहरी कार्यालयका गोलरक्षक सचिन चौधरी प्लेयर अफ द म्याच घोषित भए ।
कोशी प्रदेश प्रहरी कार्यालयले अब जेठ १६ गते हुने फाइनलमा टि.डब्लु.वाई.सी., बिराटनगरसँग फाइनल खेल्नेछ ।
Post Comments