News सात खेलाडी क्लोज क्याम्पबाट बाहिरिए
गोलनेपाल

काठमाडौं । आगामी फिफा विश्वकप छनौट र एएफसी एसियन कप छनौट खेलका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको स्क्वाडबाट सात खेलाडी बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका ३८ खेलाडीहरुमध्येबाट सात खेलाडीहरुलाई बाहिर निकालेका हुन् । क्लोज क्याम्पबाट बाहिरिने खेलाडीहरुमध्येमा डिफेन्डर देवेन्द्र तामाङ पनि परेका छन् ।

देवेन्द्र सहित अर्पन कार्की (गोलरक्षक), सेसेहाङ आङदेम्बे, सरोज दहाल, दिलेन लोक्तन, बिकास तामाङ र सुवास गुरुङ रहेका छन् । एन्फाका अनुसार देवेन्द्र र सुमन अर्याल भने चोटका कारण बाहिर छन् । र उनीहरुको बन्द प्रशिक्षणमा फर्किने बाटो खुला पनि छ ।

त्यस्तै राष्ट्रिय टोलीका अन्य दुई सदस्य किरण चेम्जोङ र अभिषेक रिजाल भने हाल आइ लिग खेलिरहेका कारण पनि उनीहरु टिममा सामेल छैनन् । किरनले आइ लिगमा राउण्डग्लास पञ्जाब एफसीका लागि खेलिरहेका छन् भने अभिषेक एजवालमा आवद्ध छन् ।

यस्ता छन् बन्द प्रशिक्षणमा रहेका ३१ सदस्यीय टोलीः

गोलकिपर्सः बिशाल श्रेष्ठ, बिकेश कुथु, दिप कार्की, बिशाल सुनार

डिफेन्डर्सः रजिन धिमाल, बिराज महर्जन, बिकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज बिक, रोहित चन्द, निशान खड्का, पल्साङ लामा

मिडफिल्डर्सः सुजल श्रेष्ठ, बिशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा मगर, एरिक बिष्ट, तेज तामाङ, रवि पासवान, त्रिदेव गुरुङ, संजोक राई, अन्जन बिष्ट

फरवार्डसः भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा, जर्ज प्रिन्स कार्की

 

 

Post Comments