News छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
गोलनेपाल

धनकुटा । सिंधुवा सिंहदेवी युथ क्लब, छथर जोरपाटी गाउँपालिका–६, सिंधुवा, धनकुटाको आयोजनामा यही जेठ २८ देखि ३१ गतेसम्म दोस्रो पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

धनकुटाका आठ पालिका फुटबल टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments