देवदह । सिद्धार्थ युवा क्लब, देवदह–१०, चरङ्गे, रुपन्देहीको आयोजनामा सम्पन्न दोस्रो सिद्धार्थ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सैनामैना एफसीले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा सैनामैनाले द प्राईम युनाइटेड एफसीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधिमाथि आफ्नो कब्जा जमाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
विजेता बनेको सैनामैना एफसीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता द प्राईम एफसीले ३० हजारसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
सैनामैनाका हिमाल कार्की फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार सैनामैना कै सुवास नेपालीले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सैनामैना कै सुजन राना घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी देवदह वार्ड नम्बर १० का अध्यक्ष यक बहादुर सुनार, विशिष्ठ अतिथी देवदह नगर समिति सदस्य कुमार परियार, वार्ड सदस्य झविलाल थापा, आयोजक क्लबका अध्यक्ष सरोज गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- द ब्राईट युथ र सुर्यमुखी दोस्रो शिवशक्ति कपको क्वाटरफाइनलमा