News द ब्राईट युथ र सुर्यमुखी दोस्रो शिवशक्ति कपको क्वाटरफाइनलमा
सुरज राना मगर

शिवराज । द ब्राईट युथ क्लब र सुर्यमुखी युथ क्लब कपिलवस्तुमा जारी दोस्रो शिवशत्तिः कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोलीहरु बनेका छन् ।

बिहीबार भएको दिनको पहिलो खेलमा द ब्राईट युथले वाक ओभरमा जित निकाल्यो । विपक्षी टोली द योङ ब्वाईज क्लब निर्धारित समयसम्म मैदानमा उपस्थित नभएपछि द ब्राईट युथलाई विजयी घोषित गरिएको खेल संयोजक अर्जुन शर्माले बताए ।

त्यस्तै दिनको दोस्रो खेलमा सुर्यमुखीले आयोजक शिवशक्ति युवा क्लब (निलो) लाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गर्यो । सुर्यमुखीको जितमा राकेश पुन र शिव शाहीले गोल गरे । पराजित शिवशक्ति (निलो) का लागि भने बिक्रम हरिजनले गोल गरेका थिए । खेलमा पराजित शिवशक्ति (निलो) का समिर बिष्ट प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत्र १३ गतेदेखि क्वाटरफाइनल खेलहरु शुरु हुने खेल संयोजक अर्जुन शर्माले बताए । चैत्र १३ गते शुक्रबार दिनको पहिलो खेल जागृति युथ क्लब र शिवगढी साइनिङ स्टार युथ क्लबबीच हुनेछ भने दोस्रो खेल आयोजक शिवशक्ति युथ क्लब (रातो) र न्यु सृजनशील युथ क्लबबीच हुनेछ ।

शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १७ गतेका दिन हुनेछ ।

Post Comments