News सहारा र कथा नेपालबीच सम्झौता
सुदर्शन रञ्जित

पोखरा । प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको १९औँ संस्करणको अडियो भिडियो अधिकारका लागि कथा नेपाल प्रा.लि. र आयोजक सहारा क्लब पोखरा बीच सम्झौता भएको छ । दुबै पक्षले एक कार्यक्रमका बीच सोमबार एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सहारा क्लबको तर्फबाट अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रा.लि.को तर्फबाट मनोजराज पाण्डेले हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै कथा नेपाल प्रा.लि.द्वारा सञ्चालित देखापढी डटकमले उक्त प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।

स्मरण रहोस, सहारा क्लब पोखराले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको मोफसल कै यो प्रतिष्ठित प्रतियोगिता यस बर्ष आउँदो चैत १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुँदैछ । जसमा विदेशी टिमसहित ‘ए’ डिभिजन क्लब, मोफसलका क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

गत बर्ष प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । मनाङले फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । सहारा क्लबले प्रतियोगिता आयोजना गरेर बचत भएको रकम क्लबकै रेखदेखमा सञ्चालित सहारा उकेडेमीमा खर्च हुँदै आएको छ ।

Post Comments