News
सुर्यनगर गोल्डकपः पाल्पा र फर्साटिकरको भिडन्त

बर्दघाट नगरपालिकाको संरक्षकत्वमा बर्दघाट–१६ पश्चिम नवलपरासीमा जारी छैटौं सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितातर्फ आज मंगलबार पाल्पा–११ र फर्साटिकर एफसी, रुपन्देही भिड्दै छन् ।
रुपन्देहीको स्थानीय क्लब भए तापनि राष्ट्रियस्तरका खेलाडीहरु उतार्ने फर्साटिकर र पाल्पाबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा हुने खेल दिनको २ः३० बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
श्री नव युवा क्लब, बर्दघाट–१६ सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भिमकाजी गुरुङले बताए ।
फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।
Post Comments