News ताप्लेजुङ गोल्डकपलाई ३ लाख ३० हजार सहयोग गर्ने ११ वडाध्यक्षको प्रतिबद्धता
गोलनेपाल

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३ को पुरस्कार राशिमा सहयोग पुर्याउँदै फुङ्लिङ नगरपालिकाभित्रका ११ वटै वडाका अध्यक्षहरूले कुल *रु. ३ लाख ३० हजार* सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

फुङ्लिङ नगरपालिका वडा नं. ८ का अध्यक्ष तथा सामाजिक संयोजक छितिज सुनुवारको पहलमा लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा उपस्थित ११ वटै वडाध्यक्षहरूले जनही **रु. ३० हजार**का दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

उक्त रकम प्रतियोगिताको दोस्रो पुरस्कार बराबरको झन्डै रकम हो। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि खेलकुद प्रवर्द्धनमा वडाध्यक्षहरूले देखाएको सहयोगप्रति आयोजकले आभार व्यक्त गरेको छ।

आयोजकले वडाध्यक्षहरूको निरन्तर साथ र सहयोगले ताप्लेजुङको खेलकुदलाई नयाँ उचाइमा पुर्याउन ठूलो ऊर्जा मिलेको जनाएको छ।

Post Comments