International अरेबियन गल्फ कपः सेमिफाइनल पुग्ने चार टोलीहरुकै टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साउदी अरेबियामा जारी प्रतिष्ठित २७औं अरेबियन गल्फ कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ ।

समूह ए तर्फ अन्तिम दुई खेलमा आयोजक साउदी अरेबियाले इराकमाथि २–० को जित र ओमानले कुवेतमाथि ३–१ को जित निकालेसँगै सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको हो ।

समूह ए बाट तीन खेलहरुमा ९ र ४ अंक जोडेका क्रमशः साउदी र ओमान समूह विजेता र समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । ओमानसँगै ४ अंक भए तापनि इराक गोलभिन्नताले तेस्रो स्थानमा रहन बाध्य बन्यो । अंकविहीन कुवेत पुछारमा रह्यो इराकसँगै समूह चरणबाट बाहिरियो ।

उता समूह बी युएई र कतारले सेमिफाइनलमा स्थान बनाईसकेका छन् । समूह बी को अन्तिम दुई खेलहरुमा बुधबार युएईले कतारसँग खेल्दैछ भने साविक विजेता बहराईनले यमनको सामना गर्दैछ । बुधबारको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । युएई र कतारको खेलपश्चात् समूह बी को समूह विजेता र समूह उपविजेताको टुंगो लाग्नेछ ।

Post Comments