भलवारी । लर्ड बुद्ध ज्ञानज्योति इङलिस बोर्डिङ स्कुल, तिलोत्तमा–१४, टिकुलीगढ, रुपन्देहीको आयोजनामा एक दिने इन्टर हाउस युथ फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
तिलोत्तमा नगरको भलवारी स्थित सनराईज फुटसलमा सम्पन्न प्रतियोगिताको उपाधि येलो हाउसले जित्यो । फाइनलमा येलोले ब्लु हाउसलाई २–० ले पराजित गर्यो । ग्रीन हाउसले तेस्रो स्थान हासिल गर्यो ।
व्यक्तिगत विधातर्फ ब्लु हाउसका सशांक न्यौपाने उत्कृष्ट गोलरक्षक बन्दा येलो हाउसका प्रिन्स परियार र अनमोल राना क्रमशः उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्ड बने ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लर्ड बुद्ध ज्ञानज्योति इङलिस बोर्डिङ स्कुल, तिलोत्तमा–१४, टिकुलीगढ, रुपन्देहीका प्राचार्य तुल बहादुर सराङकोटी राना मगर, कार्यक्रम संयोजक रोशन शर्मा लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता आयोजना गर्नुको उद्देश्य, युवा खेलाडीहरुलाई विद्यालयस्तरबाटै अतिरिक्त क्रियाकलापमा सहभागि गराउने, खेलकुदको माध्यमबाट नैतिकता र अनुशासनको पाठ सिकाउँदै क्षमता अभिवृद्धि गर्ने तथा उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको विद्यालयका प्राचार्य तुल बहादुर सराङकोटी राना मगरले बताए ।