News 

तेस्रो निजगढ मेयर कप उपाधिको लागी योङ्गस्टार युवा क्लव र निजगढ युवा क्लव भिड्ने
गोलनेपाल



तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधिकोलागी योङ्गस्टार युवा क्लव र निजगढ युवा क्लव ए बीच प्रतिस्पर्धा हुने भएकोछ ।

मंगलबार सम्पन्न दोस्रो सेमीफाईनल खेलमा हिमाल युवा क्लवलाई ६—० गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लव ए ले फाईनलमा योङ्गस्टार संगको भेट पक्का गरेकोहो । निजगढ युवा क्लव ए को जितमा १४ औ मीनेटमा गोल गर्दै कारण धामीले टीमलाई अग्रता दिलाएकाथिए । २० औ मीनेटमा समिर कुमरले गोल गर्दै निजगढ युवा क्लवको अग्रता दोब्बर बनाए । हिमाल युवा क्लव माथि गोलको निरन्तर प्रयास गरेको निजगढ युवा क्लवकालागि कप्तान राजकिशोर धामीले २८ औ मीनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । ४२ औ मीनेटमा समिर कुमरले व्यक्तिगत दोस्रो र टीमकोलागी चौथो गोल गर्दै अग्रता फराकिलो बनाए ।

हिमालले खेलमा फर्कने प्रयास गरेपनि कुनैपनि प्रहारले गोल लाईन कटन पाएन । ५५ औ मीनेटमा कारण धामीले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५—० को अवस्थामा पुर्याए । करणले ७१ औ मिनेटमा ह्याट्रिक पुरा गर्न सफल भए र हिमाल युवा क्लवमाथी फराकिलो जित निकाल्दै निजगढ युवा क्लव फाईनलमा प्रवेश गर्यो । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का कारण धामी भए ।

उपाधिका लागी दुई टीम बीच फागुन १६ गते प्रतिस्पर्धा हुने प्रतियोगिताका आयोजक सम्भु थापा मगरले बताउनुभएकोछ । फाईनल खेल शहिद हिरालाल रंगशालामा दिउँसो १ बजेदेखि शुरु हुनेछ । योङ्गस्टारले पहिलो चरणमा चौतारा युवा क्लवलाई पराजित गरेकोथियो भने क्वार्टरफाईनलमा एफसी कोलगाउ र सेमीफाईनलमा सिंगौल फुटबल क्लव ए लाई पराजित गर्दै फाईनलमा प्रवेश गरेकोहो ।

निजगढ युवा क्लवले पहिलो चरणमा निजगढ १३ युवा क्लवलाई पराजित गरेकोथियो भने क्वार्टरफाईनलमा बाघभैरव युवा क्लवलाई पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेकोथियो । प्रतियोगिताको रिजर्भ डे मा बुधबार रौतहट र सर्लाहीको महिला टिम बीच प्रतिस्पर्धा हुने आयोजक निजगढ फुटबल क्लवका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । खेल शहिद हिरालाल रंगशालामा दिउँसो २ः३० देखि शुरु हुनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख रुपैंया र उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्ने आयोजक निजगढ फुटबल क्लवका कोषाध्यक्ष स्वर्ण लामाले बताउनुभयो ।

Post Comments