News मैत्रीपूर्ण फुटबलमा रौतहटको महिला टोलि बिजयी
गोलनेपाल

तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगीताको फाईनल खेल अघिको मैत्रीपूर्ण खेलमा रौतहटको महिला टोलि बिजयी भएकोछ ।

बुधबार सम्पन्न मैत्रीपूर्ण खेलमा रौतहटले सर्लाहीलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा रौतहटले गोलको थुप्रै मौका पाएपनि अवशर गुमाएकोथियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रौतहटकालागि कप्तान रेजिना श्रेष्ठले ५८ औ मिनेटमा गोल गर्दै जीत दिलाईन ।

खेलको वुमन अफ द म्याच सर्लाहीकी गोल रक्षक सबिना राई भईन ।


Post Comments