फिदिम । पाँचथर क्लब, पाँचथरको आयोजनामा सम्पन्न भएको वाइवाइ पाँचौं पाँचथर गोल्डकपको आयव्यय सोमबार सार्वजनिक गरिएको छ । आयोजक क्लबले प्रतियोगिता सम्पन्न भएको करिब तीन महिनापछि आयव्यय सार्वजनिक गरेको हो ।
गत वर्षको फागुन २४ देखि चैत्र २ गतेसम्म फिदिम माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताबाट जम्मा ६० लाख ४९ हजार ४ सय ५ रुपैँया आम्दानी भएको क्लबले जनाएको छ । जसमा ६० लाख ४९ हजार ६० रुपैँया खर्च भएको तथा २ लाख ८० हजार रुपैँया तिर्न बाँकी रहेको क्लबले जनाएको छ ।
त्यसबाहेक कबुल गरेको ७ लाख ९२ हजार उठन बाँकी रहेको क्लबले जानकारी दियो । उठ्न बाँकी रहेको रकम उठ्दा र तिर्न बाँकी रहेको रकम तिर्दा पनि क्लबलाई ५ लाख १२ हजार नाफा रहेको पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
स्मरण रहोस, पाँचौं पाँचथर गोल्डकपको उपाधि नमो बुद्ध युथ क्लब, सप्तरीले जितेको थियो । फाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै नमो बुद्ध च्याम्पियन बनेको थियो ।
आयव्यय विवरण हेर्नुहोस्ः

- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश