News न्यु होराईजनलाई होराईजन जिबिएस कपको उपाधि
सुरज राना मगर

बुटवल । होराईजन जिबिएस, तिलोत्तमा, रुपन्देहीको आयोजनामा सम्पन्न दुई दिने अन्तरविद्यालय शिक्षक तथा कर्मचारी फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजन इङलिस बोर्डिङ स्कुलले जितेको छ ।

आइतबार स्वर्णिम फुटसलमा भएको फाइनल भिडन्तमा न्यु होराईजनले आयोजक होराईजन जिबिएस (ए) लाई ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको न्यु होराईजनले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता होराईजन जिबिएस (ए) ले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै विजेता न्यु होराईजनका अनुज गैरेले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा होराईजन जिबिएस (ए) का मिलन राना प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष फर्शुराम गिरी, होराईजन जिबिएसका व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र कसुज, प्राचार्य गोपाल प्रसाद आचार्य, शैक्षिक निर्देशक जिवनाथ भण्डारी, उप–प्राचार्य ज्ञानेश्वर ज्ञवाली, न्यु होराईज इबिएसका प्राचार्य बासुदेव अर्याल, केटिएम कन्सल्टेन्सी ग्रुपका दिपेन कंडेल, रोजित शर्मा खेल संयोजक बिक्रम गुरुङ, व्यवस्थापक स्वीकार गिरी लगायतले पुरस्कृत गरेका थिए ।

विजय पराजुलीले सञ्चालन गरेको समापन कार्यक्रममा प्रतियोगिता कै व्यवस्थापन पक्षको जिम्मेवारी सम्हालेका सरिता शर्मा, रघु विश्वकर्माले पनि उपस्थिति जनाई सहभागि खेलाडी, उपस्थित अतिथीहरुलाई संयुक्त रुपमा सम्मान गरेका थिए ।

Post Comments