News
बी डिभिजन लिगः दुवै खेल गोलरहित बराबरीमा
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ शनिबार भएका दुई खेलहरु गोलरहित बराबरीमा सकिएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेले भने दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले पनि बराबरी खेल्दै अंक बाँडे ।
पहिलो खेलको नतिजापछि पुल्चोक ७ खेलबाट मात्र २ अंक जोड्दै लिगतालिकाको पुछारमा छ भने ६ अंक जोडेको श्री भतवती नवौं स्थानमा छ । त्यस्तै दोस्रो खेलको नतिजापछि बाँसबारी क्लब ७ खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा रहँदा श्री कुमारी क्लब भने ७ अंकका साथ आठौं स्थानमा छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै